अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रथम न्यायिक सम्मेलन सम्पन्न

सागर महत ,अर्घाखाँची ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शुशीला श्रीपालीले राजनितिक परिवर्तनकै कारण महिलाको हक अधिकार विस्तार हुँदै गएको बताउनुभयो ।


अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको प्रथम न्यायिक समितिको जिल्ला सम्मेलनमा बोल्दै उहाँले संविधानमा उल्लेख भएकाले स्थानीय तहका महिला जनप्रतिनिधिहरु समेत न्याय दिलाउने विषयमा धेरै अगाडी रहेको बताउनुभयो ।
यस्तै, मन्त्री श्रीपालीले कानूनी जटिलतालाई समेत हटाई जनतालाई सहज न्याय दिनका लागि आफुहरु लाग्ने बताउनुभयो। न्यायिक क्षेत्रमा सिकेका अभ्यास एक अर्कामा प¥याउन र साना तिना झैझगडा तथा कानूनले प्रदान गरेका मुद्दाहरु स्थानीय न्यायिक समितबाट टुंग्याउन नागरिकलाई सहज होस भनेर न्यायिक सम्मेलन गरिएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।


सम्मेलनले जिल्लाका ६ वटै स्थानीय तहमा न्याय सम्पादन गर्नको लागि महत्वपुर्ण भुमिका खेल्ने नगरप्रमुख छविलाल पौडे्लको भनाइ छ ।


न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलनबाट १२ बुँदे शितगंगा घोषणा पत्र सार्वजननिक गदै सम्पन्न भएको शितगंगा नगरपालिका उपप्रमुख गिता भाटले बताउनुभयो ।जसअन्तर्गत मेलमिलाप केन्द्रहरुलाई सक्रिय बनाई वडास्तरमै विवादको समाधानमा जोड दिने , आचारसंहिता बनाई सोको परिपालनगर्ने , दक्ष जनशक्तिको व्यवस्थापन गरि स्थानीय न्याय प्रशासनलाई सक्षम र सुदृढ बनाउने लगायतका विषय बस्तुलाई घोषणा पत्रमा समावेश गरिएको उपप्रमुख भाटले बताउनुभयो ।


कार्यक्रममा प्रतिनिधी सभा सदस्य बिजुला रायमाझी , प्रदेश सभा सदस्य रामजिप्रसाद घिमिरे , जिल्ला समन्वय प्रमुख जिबनारायण कोईराला , तुलसिपुर उच्च अदालत बुटवल ईजलासका न्याधिस चन्द्रबहादुर सारु , बिशेष अदालतका रजिष्ट्रार अशोक कुमार क्षेत्री , अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमल राज पौडेल अर्घाखाँची अदालतका श्रेष्तेदार महेश खनाल सहित जिल्लाका ६ वटै स्थानीय तहका न्यायीक समितीका सदस्यहरु , न्यायीक समिती हेर्ने कर्मचारी , जिल्लाबाट प्रतिनिधित्व गर्ने संघ प्रदेशका बर्तमान र निर्बतना सभा सदस्यहरु , स्थानीय तहका पूर्ब उप्रप्रमुखहरु , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल सहित सहितको सहभागीता रहेको थियो। कार्यक्रम शितगंगा नगरपालिकाका न्यायिक समितिका संयोजक गिता भाटको अध्यक्षता, योजना शाखा प्रमुख नुमलाल खनालको सञ्चालन र न्यायिक समितिका सदस्य केशव वेल्वासेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close