शिक्षा क्षेत्रमा हुने राजनितिकरण रोक्नु पर्छःनेता विश्वकर्मा

सन्धिखर्क ।नेपालमा विश्व विद्यालयमा चरम राजनितिकरण भएका कारण शिक्षा क्षेत्र ओजेलमा पर्नुको एउटा कारण भएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य नरेन्द्र विश्वकर्माले बताउनुभएको छ । आईताबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जनपत्रकार पत्रकार सगठनले राखेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।अहिलेको आधुनिक समयमा पनि पाठय पुस्तकमा खासै परिवर्तन नहुँदा नयाँ परिवेशका विषय बस्तु ओझेलमा परेको बताउनुभयो । यस्तै नेपाली भाषामा पठनपाठन गराएर अग्रेजी भाषामा प्रश्न आउँदा शिक्षा कुन लयमा गएको हो, भनेर आवाज उठाउने समय आएको नेता विश्वकर्माले बताउनुभयो ।नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी नेता समेत रहेका उहाँले कर्मचारी बढी राजनितिकीकरण गर्दा हरेका क्षेत्रमा यसको प्रभाव बढ्दै गएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका ईन्चार्ज खेम घर्ती (माहुरी )ले जिल्लामा पछिल्लो समय गुणस्तरहीन काम गर्ने ठेकदारले आफुहरुलाई चन्दा उठाउने गरेको आरोप लगाउदै आएको बताउनुभयो ।
आफुहरुले गुणस्तरहिन काम गर्ने जो कै लाई बेला बेला सुझाव दिदै आएको त्यसमा पनि कमसल काम गर्नेले आफुहरु विरुद्व भरामक चन्दाको विषय उठान गरेको बताउनुभयो । यस्तै पछिल्लो समयमा अर्घाखाँचीका खोला नाला जगंल लगायतका क्षेत्रमा चोरी निकासी हुने गरेका यसको रोकथामको लागि आफुहरु लागि परेको ईन्चार्ज घर्तीले बताउनुभयो । कार्यक्रम संगठनका ईन्चार्ज अनिल नेपालीको अध्यक्षता तथा संचालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close