अर्घाखाँचीमा पाँच वर्षपछि ट्याक्सीको नयाँ भाडादर

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर लागु भएको छ । जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको बैठकले ५ वर्षपछि नयाँ भाडा लागू गर्ने निर्णय गरेको हो ।

२०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि बैठक बसेर यस्तो सहमती कायम गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो।जसअनुसार कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया भाडादर कायम गरीएको हो ।

सन्धिखर्कबाट जिल्ला अस्पताल अर्घाखाँचीमा जाने यात्रुले यस अघि २ सय भन्दा बढी भाडा तिर्न बाध्य थिए। अब घटेको भाडादर अनुसार १ सय रुपैयाँ तिर्नुपर्ने प्रजिय ढकालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close