अर्घाखाँचीमा लम्पीस्किन रोगका कारण १सय२७ गाईगोरु मरे,६ हजार बढी संक्रमीत

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा लम्पीस्किन रोगका कारण १सय२७ वटा पशुचौपाय मरेका छन् ।गाई वस्तुमा लाग्ने यो रोगकबाट ६ हजार२सय ८० गाईगोरु र भैंसी संक्रमित भएका छन् । यो रोगका कारण ५० प्रतिशत दूध उत्पादनसमेत घटेको छ । रोगका कारण सबै पालिकाका पशुचौपाय संक्रमति भएका छन् । गाई, गोरु र बाच्छाबाच्छीमा अत्यधिक संख्यामा देखापरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णु पौडेलले रोग निर्मुल हुन नसकेका कारण आधा प्रतिशत दूध उत्पादन पनि घटेको पनि बताउनभयो ।

पशुमा खुट्टाका जोर्नी फुल्ने, घाउ ठूलो हुँदै जाने, किरा पर्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिगान काड्ने, जस्ता समस्या देखा परेका छन । कुनै औषधि नभएपनि कार्यालयमा उपलब्ध औषधि वितरण गर्दै आएको पौडेलको भनाइ छ । रोगका कारण सन्धिखर्क नगरपालिका वडा नम्बर ८ मा व्यवसायिक कृषि तथा पशुपंक्षी फर्म संचालन गरेका खिमबहादुर पाण्डेका ६ वटा गाई लम्पी स्किन रोगबाट मरेको उहाँले बताउनुभयो ।गाईको बिमा गरेता पनि अझै कुनै पनि बिमा बापतको क्षतिपुर्ति नपाएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close