आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्स अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
राजस्थानले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । समान आठ खेलमा १० अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ।
कमेन्ट गर्नुहोस !