अर्घाखाँचीमा करेन्ट लागेर बालक घाइते

भावना मगर,अर्घाखाँची ।अर्घाखाँचीमा करेन्ट लागेर एक जना बालक घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घा घर भएका शिव कुवँरबा छोरा १५ वर्षीय हिम्मत कुवँर घर अगाडि खेल्दै गर्दा विद्युतको हाईटेन्सनको तारमा छुन गई करेन्ट लागेर घाइते भएका छन ।
उनको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइते बालकको हात र खुट्टामा असर परेको छ। घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !