नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दियो

काठमाण्डौ ।आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओभर बलमा अलआउट हुँदै २ सय ४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७७, दीपेन्द्र सिंह ऐरीले ३४, आरिफ शेखले ४३, गुलसन झाले ३७ तथा भिम सार्कीले २९ रन बनाए ।
आजको खेल जितेमा नेपालको एकदिवसीय मान्यता कायम हुनेछ । नेपालले सोझै विश्व कप छनोट कायम गर्न भने योसहित ३ वटा खेल जित्नुपर्ने हुन्छ । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।
लिग–२ तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित छैटौँ स्थानमा छ । १ खेल बढी खेलेको पीएनजी ११ अङ्कसहित तालिकाको पुछारमा छ।
कमेन्ट गर्नुहोस !