लुम्बिनी प्रदेशका मन्त्री आचार्यको घरमा चोरी

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ हटारीनेटा स्थित उहाँको निजी निवासमा गएराती चोरी भएको हो ।
लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरीले जनाएको छ । घरका रहेका सबै कोठाको ताल्चा फुटालेर चोरी भएको प्रहरी नायब उपरिक्षक मुकुन्द रिजालले बताउनुभयो । के कती चोरी भयो भन्ने बारे मन्त्री आएपछी यकिन हुने भन्दै यसबारेमा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
मन्त्री आचार्य प्रदेश राजधानी भालुबाङ हुनुहुन्छ भने उहाँकी श्रीमती बुटवल जानुभएको थियो । घरमा कोही नभएको थाहा पाएपछी चोरले घरमा लगाएको ताल्चा तोडेर सामानहरु लगेको बताईएको छ।छिमेकीहरुका अनुसार यसअँघी पनि आचार्यको घरमा चोरी भएको थियो । त्यस बेला त्यती धेरै क्षती नभएपनि यसपाली सबै ताल्चा फोडेर नगद ,गरगहना लगायतका सामाग्री चोरी भएको स्थानीय सोभाखर पन्थीले बताउनुभयो ।पटक पटक चोरी भएकाले स्थानीय बासीन्दाले आफुहरु असुरक्षित भएको बताएका छन।
कमेन्ट गर्नुहोस !