मालारानी ६ मा निःशुल्क आँखा तथा दाँत सम्बन्धी एक दिने शिविर सम्पन्न

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक दिने निःशुल्क आँखा तथा दाँत सम्बन्धी  शिविर सम्पन्न भएको छ।


गाउँपालिकाको वडा नम्बर ६ हंमसपुर स्वास्थ्य चौकीमा भएको शिविर अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लव अफ महाराजगन्ज काठमाण्डौको आयोजनाभएको हो ।जसमा वडा कार्यालयको समन्वयमा रहेको थियो ।

उपचारका लागि सन्धिखर्क, बुटवल तथा काठमाडौं जानुपर्ने बिरामीलाई लक्षीत गरेर ग्रामीण क्षेत्रमा शिविर आयोजना गरिएको दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डा.जयबहादुर टण्डनले बताउनुभयो ।शिविरमा निःशुल्क औषधि र चस्मा पनि वितरण गरिएको उहाँको भनाइ छ ।शिविरमा ४ सय ५० जनाले सेवा लिएको अध्यक्ष डा. टण्डन जानकारी दिनुभयो ।


सोहि क्रममा आँखाका अपरेसन गर्नु पर्ने बिरामीको लागि भोली ७ र ८ गते सदरमुकाम सन्धिखर्कमा शिविर बोलाइएको हो।

जहाँ निःशुल्क अपरेसन हुने छ।शिविरमा डा.मुक्ती श्रेष्ठ,स्वास्थ्य प्रमुख अभियान नेपालका माधव सापकोटा,डा.प्रिती भुसाल, सरिता मिश्र,रोटरी क्लव अफ काष्ठमान्डपका प्रतिनिधि होम क्षेत्री लगायतको सहभागीता रहेको कार्यक्रम समाज सेवी इन्द्रलाल रेग्मीको स्वागत मन्तव्य वडा अध्यक्ष नारायण प्रसाद अर्यालयको अध्यक्षता स्वास्थ्य चौकी प्रमुख दिपक पौडे्लको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रमको लागि रोटरी क्लव अफ काष्ठमान्डप, सिटी एक्सप्रेस मनी ट्रान्सफर,आधुनीक डेन्टल केयर प्रा.लि बुटवल लगायतले प्राविधिक सहयोग रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close