सन्धिखर्कमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न

सागर महत,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ ।गत कार्तिक ११ गते अर्घा–भगवती विमानस्थलमा तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा मृत्यु भएका कृतिम रायमाझी र रोशन सुनामको सम्झनामा ‘द ब्लु स्काइ युथ क्लब’ सन्धिखर्कको आयोजनामा प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा विनोद खनाल प्रथम हुनुभएको छ । सबै भन्दा ढिलो बाइक चलाएर खनाल प्रथम हुनुभएको हो । विजेता खनालले ८ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ।

त्यस्तै, तीव्र गतिका कारण दैनिक रूपमा सवारी दुर्घटना बढ्दै गएको छ । सोही दुर्घटनालाई नियन्त्रण गर्न टेवा पुग्ने उदेश्यले प्रतियोगिता गरिएको ‘द ब्लु स्काइ युथ क्लब सन्धिखर्कले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close