शितगंगा नगरपालिकामा गर्भवती महिलाका लागि ग्रामीण भिडियो एक्सरे सेवा सुरू

सागर महत ,अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गर्भवती महिलाहरूका लागि ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरेको छ।ग्रामीण क्षेत्रका सम्पूर्ण गर्भवती महिलाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनी ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरिएको शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बताउनुभएको हो । सन्धिखर्क र बुटवलसम्म जाने गर्भवती महिलाहरूले नगरपालिकामा समेत सेवा लिन सक्ने छन् । विश्वास दिलाउन समेत यसले सहयोग पुर्याउने नगरप्रमुख पौडेलले बताउनुभयो ।

भौगोलिक हिसाबले नेपालको सबै भन्दा ठूलो नगरपालिका भए पनि धेरै विकट क्षेत्र भएकाले बस्ती बस्तीमा सेवा प्राप्त गर्नु नागरिकको पनि अधिकार हुने उहाँको भनाइ छ । नगरपालिकाले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाँउहरुमा चिकित्सक सहितका अन्य विभिन्न शिविर समेत सञ्चालन गर्ने तयारी गरेको सोही नगरपालिकाकी उपप्रमुख गीता भाटले जानकारी गराउनुभयो।

यो अभियान हाल १ देखि ४ वटा वडामा सञ्चालन गरिएकोमा हालसम्म ५६ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षणसहित भिडियो एक्सरे सेवा दिएको स्वास्थ्य शाखा प्रमुख नमनारायण बेल्बासेले बताउनुभयो । सोही अभियानलाई नगरपालिका भित्र रहेका १४ वटा वडामा लैजाने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close