गुल्मीमा रेबिजका कारण एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा एक महिलाको रेबिजका कारण मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले बताउनुभयो।शाहलाई एक महिना अगाडी गुल्मीदरबार गाउँपालिकाको वडानम्बर ६ का कुमालटारीमा मंसिर ११ गते एक्कासी पछाडीबाट आएर कुकुरले हातमा टोकेको थियो ।
कमेन्ट गर्नुहोस !