ड्रागन फलका विरुवा वितरण

प्रेमनारायण /आचार्य। सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले ड्रागन फलका विरुवा वितरण गरेको छ ।
वडा भित्र रहेका टोल सुधार समितिहरु लाई लक्षित गरि झन्डै ६ सय ५० वटा ड्रागन फ्रुटका विरुवा वितरण गरिएको वडा अध्यक्ष माधव श्रेष्ठले जानकारी दिनुभयो ।
फलहरुमा सबैभन्दा बढी खनिज तथा पौष्टिक तत्व पाईने साथै घरको छतमा समेत लगाउन सकिने भएकोले ड्रागन फुर्ट का वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आज एक कार्यक्रमको आयोजना गरि बिरुवा वितरण गरिएको वडा सचिव धर्मराज भुसालले बताउनु भएको छ ।
कार्यक्रममा वडा सदस्य तथा सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।
कमेन्ट गर्नुहोस !