गुल्मीमा चितुवा र मानिस बिच झडप चितुवाको मृत्यु

गुल्मी ।गुल्मीको रेसुङ्गा नगरपालिका ६ निनिचौरमा अचम्मको घटना घटेको छ । स्थानीय यम बहादुरको कुवरको कुखुरा खोरमा कुखुरा खान पसेको चितुवा कुवर माथिनै आइलागे पछि कुवर र चितुवाको झडप हुँदा चितुवाको मृत्यु भएको छ भने कुवर घाइते भएका छन । आज बिहान कुवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ ।
३० वर्षीय कुवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको छ । भने घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मी पुगेको छ । जिल्ला बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले चितुवाको मुचुल्का उठाउने काम भैइरहेको बताए ।gulmiupdate
कमेन्ट गर्नुहोस !