अर्घाखाँचीमा एकैदिन २५ सय गाजाका बोट नष्ट

सागर महत /अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध गाजाको बोटको फडानीसहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो।

गाजा लागूऔषध भएकाले गाजा खेती, उत्पादन, खरिद र बिक्री तथा ओसारपसार गर्नेलाई लागूऔषध नियन्त्रण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो । त्यस्तै पछिल्लो समय विद्यालय क्षेत्रमा पढ्ने विद्यार्थी समेत कुलतमा लाग्नेको संख्या बढ्दो क्रममा रहेकाले अभिभावकले आफ्ना बालबालिकाको विशेष निगरानी गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

गाजा फडानी तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । अभियानको क्रममा सचेतना कार्यक्रम गरिदै आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close