अर्घाखाँचीमा जन्म भएकी उपसभामुख भुसाल राजनितिक यात्रा ५१ वर्ष

काठमाण्डौं ।प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस की पुष्पा भुसाल निर्वाचित भएकी छन। भुसालको घर अर्घाखाँचीमा हो ।भुसाल प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाउँदै आएकी थिएन । पारिवारिक पृष्ठमूमि पनि राजनीतिक छ । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमका छोरी हुन भुसाल अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पोखराथोकमा २०१७ साल फागुन १ गते जन्मिएकी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । अर्थात, उनी ५१ वर्षदेखि राजनीतिमा छिन् ।कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील भइन ।

नेपाल महिला संघको महासचिव भएर पनि काम गरिन् । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै गर्दा उनले विश्वविद्यालयमा प्राध्यापन पनि गरिन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्ता समेत हुन् ।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उनले संविधान निर्माणमा समेत भूमिका खेलिन् । त्यसेबला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरिन् । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गरेकी नेता हुन भुसाल ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close