लुम्बिनीमा ३७ अर्बसम्मको बजेट आउनेः आयोगका उपाध्यक्ष क्षेत्रीको भनाइ

बुटवल। लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए ।
सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए। उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने बताए ।लुम्बिनी प्रदेशको बजेट नआउंदै योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले कृषि उत्पादन बढाउनका लागि कृषकहरुलाई कृषि विकास बैंक र सहकारीहरुबाट सहुलियत व्याजमा ऋणको व्यवस्था गरिने उनको भनाइ ।

स्वच्छ खानेपानी सय प्रतिशत पुराउने गरी बजेट बन्ने बताउंदै उनले भने– गरिबी निवारण घटाउने गरी बजेट बन्छ। प्रदेशको १६ प्रतिशत गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्यका साथ बजेट बन्ने उनको दावी छ। बजेटको प्रणालीमा थोरै परिवर्तन गरिएको बताउंदै अब विकास निर्माणका बजेट पार्नका लागि पांचवटा मापदण्ड पुरा गरेर मात्र बजेट माग गर्न सकिने बताए ।
नयां प्रणाली शुरु गरिएकाले अब निवेदनको आधारमा मात्र सांसद, नेताहरुको भनाईको भरमा बजेट नपाइने बताउनुभयो । उहांले मापदण्ड पुरा नगरी बजेट माग गरिए नयां प्रणालीको सफ्टवेयरले नमान्ने बताए।१०वर्षे गुरुयोजनाका साथ बजेट तयार गरिएको समेत उनले जानकारी दिए ।
प्रदेश सांसद कमल प्रसाद श्रेष्ठले साधारणतर्फको खर्च घटाउने र पूंजीगततर्फको खर्च बढाउने गरी बजेट ल्याउनु पर्नेमा जोड दिए। लोकप्रीयता हासिल गर्ने गरी बजेट ल्याउन नहुने बताउंदै ठूलो आकारको बजेट कार्यान्वयन नहुने भएकाले प्रदेशको सम्वृद्वि हुने गरी खर्च हुने खालको बजेट ल्याउनु पर्ने तर्क गरे।
कार्यक्रममा प्रदेश सांसद भूमिश्वर चौधरीले उपलब्धी मूलक बजेट बनाउनु पर्नेमा जोड दिए । उत्पादन बढाउने गरी बजेट ल्याउनु पर्ने र विदेशी आयतलाई घटाउनु पर्ने र निर्यातलाई बढाउन सक्ने खालको बजेट आवश्यक रहेको बताए।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य ऋषि आजादले उपभोक्ता मैत्री बजेट ल्याउन सुझाव दिए ।पत्रकार दामोदर खनालले परम्पराबादी र पुरानो शैलीको बजेट नल्याउन सुझाव दिए। केन्द्रको बजेटको आधारमा प्रदेशको बजेट आउने र समयमा खर्च नहुंदा विकासका कामहरु नहुने र बजेट हिनामिना हुने गरेकाले यसप्रति समयमै सचेत बन्न सुझाव दिए ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र पत्रकार तेजेन्द्र केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close