अर्घाखाँचीमा खोलाले बगाएर बालिकाको मृत्यु

सागर महत/ अर्घाखाँची ।अर्घाखाँचीमा गएराति आएको बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया शिवानी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर २ की शिवानी आफ्नी दिदीको घर भूमिकास्थान नगरपालिका वडा नम्बर १ आमडाँडा ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए ।
बालिकाको खोजी गर्दा स्थानीय र प्रहरीले गएराति फेला पार्न नसकेपछि पुन आज बिहान बाट खोज्दा हिलोमा खुट्टा माथीपट्टी फर्किएको अवस्थामा स्थानीय र प्रहरीले देखेपछि शव निकालेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको बताइएको छ ।यस्तै बाढीले ५ घरमा क्षति पु¥याएको समेत बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close