सन्धिखर्क नगरपालिकामा तेस्रो मेयर कप भलिवल प्रतियोगिता सुरु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा वडा स्तरीय तेस्रो मेयर कप भलिवल प्रतियोगिता आज बाट सुरु भएको छ ।
खेलको एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले ब्यानर बाचन र नगरप्रमुख कमलप्रसाद भुसालले बल सर्भिस गरि उद्घाटन गर्नुभएको हो ।

No description available.खेलमा नगरभित्रका १२ वटा वडाका १२ टिमले सहभागीता जनाएका छन ।खेलमा प्रथम हुनेलाई ४० हजार ,दृतिय २० हजार ,तृतिय १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनुभयो । यस्तै उत्कृष्ट खेलाडीलाई ५हजार प्रदान गरिने बताईएको छ ।पहिलो खेल वडा नम्बर ५ र ८ बिच सुरु भएको हो ।कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले खेलाडी उत्पादन गर्नको लागि वडा देखि पालिका सम्म थप कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

No description available.

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले खेलाडी उत्पादन र खेल मैदान निर्माण गर्नको लागि नगरपालिकाले बजेट विनियोजन गदै आएको बताउदै खेलले खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने समेत बताउनुभयो ।

No description available.

No description available.

प्रशासन कार्यालय अर्घाखाँची खेल क्षेत्रको विकासको लागि सबै क्षेत्र संग समन्वय गरेर काम गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे बताउनुभयो ।

No description available.

कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष श्रिकृष्ण भुसाल,कांग्रेसका नगरसभापति बाबुराम भुसाल,माओवादीका प्रतिनिधि विष्णु ढुंगाना,वडा नम्बर १ का वडा अध्यक्ष युवराज बन्जाडेले मन्तव्य राखेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिक, , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक रामकृष्ण महर्जन, नेपाली सेनाका सेनानी आदित्य सिलवाल, वडा नम्बर ३ का वडा अध्यक्ष लिलाराम गौतम ५का वडा अध्यक्ष राजेन्द्र भुसाल, लगायतको सहभागीता रहेको कार्यक्रम नगरप्रमुख कमलप्रसाद भुसालको अध्यक्षता,शिक्षा शाखा प्रमुख मन्जु खनालको स्वागत मन्तव्य,योजना शाखा प्रमुख नारायण पोखरेलको संचालनमा सम्पन्न भएको हो ।

 

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close