सन्धिखर्कका मासु र बेकरी पसल मापदण्ड विपरित संचालीत

सागर महत/ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्कमा मासु पसल र बेकरी उद्योग मापदण्ड विपरित संचालन भएको पाइएको छ ।सन्धिखर्कमा केहि मासु पसल र बेकरी उद्योग अत्यन्तै फोहोर र मापदण्ड विपरित संचालन भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रमुख विमल कुमार दाहाल र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको संयुक्त पहलमा गरिएको बजार अनुमनामा यस्तो फेला परेको हो ।

विभिन्न मासु पसलको अनुगनको क्रममा बजारमा दुर्गत फैलाउँदै मासु काटेको भन्दै सन्धिखर्कमा रहेको खान मासु पसलको लागि सुधार गर्नको लागि ७ दिनको समय दिएको छ । यस्तै गाहा चाउमिन एण्ड बेकरी उद्योगले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरि विभिन्न उपभोग्य सामग्री उत्पादन गरेकाले ६० केजी चाउमिन, शस बनाउन तयार पारिएको मेटेरीयल ३०, तेल ७ लिटर,
दुगन्धीत तरिकाले गोदाममा राखेका म्याद सकिएका पेय पदार्थ पनि नष्ट गरिएको घरेलु तथा साना उद्योग अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । यस्तै पाउरोटीको लेबलको मिति ४ दिन हुने भएपनि १० दिन राखेको पाइएको छ ।

यस्तै देउराली चाउमिन उद्योगबाट पनि ३० केजी चाउमिन नष्ट गरिएको छ । किलोमा ठक गर्ने मासु व्यवसायीको ढक, काटा जफत समेत गरिएको छ । यस्तै विभिन्न माछा पसलहरु पनि मापदण्ड विपरित संचालन गरेको पाइएको छ । कार्यालले दिएको समयमा सुधार नगरेका कार्बाही समेत गरिने उद्योग प्रमुख खनालले जानकारी दिनुभयो । बजार अनुगमनमा पशु सेवा कार्यालय भैरहवाका हकिकत अकी,घरेलु तथा साना उद्योग अर्घाखाँचीका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहाल ,प्रशासनका ओम प्रकाश श्रेष्ठ,जिल्ला प्रहरीका राम कोहार लगायतको सहभागीता रहेको थियो ।
यस्तै जिल्लाभरका उद्यमीलाई कार्यालले लेवल लगायतको विषयमा तालिम पनि दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close