अर्घाखाँचीमा एकै दिन २ वटा सुरक्षा कार्यालयका भवन उद्घाटन

सागर महत /अर्घाखाँची ।

अर्घाखाँचीका २ वटा सुरक्षा कार्यालयको भवन एकै दिन उद्घाटन भएका छन । जस अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा भुमिकास्थान नगरपालिकाको वडा नम्बर ४ धारापानीमा प्रहरी चौकी एकै दिन लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै अधीकारीले जनताको सुरक्षामा जहिले पनि प्रहरी साथमा साथ हातमा हात भने मान्यताका साथ लागेको बताउनुभयो। अब गाउँगाउँमा नागरिकका हरेक गुनासा सुन्न प्रहरी सारथी बनेको भन्दै समस्या नलुकाई बाहिर ल्याउनको लागि समन्वयकारी भुमिका खेल्न आग्रह समेत गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको पहलमा ट्राफिक प्रहरी कार्यालयको भवन जिल्लाका ६ वटा स्थानीय तह तथा विभिन्न संघ संस्थाको सहयोगमा ३१ लाख १२ हजार ४ सयमा निर्माण भएको हो भने सुविधा सम्पन्न गाउमै पहिलो पटक महिला पुरुष बन्दी राख्ने भवन प्रदेश सरकारको १ करोड ९४ लाख १० हजार ३ सय ९० रुपैंयामा भवन धारापानीमा बनेको
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक उम्मर बहादुर थापाले जानकारी दिनुभयो ।गाउँमै सुविधा सम्पन्न भवन बनेपछि स्थानीय खुशी समेत भएका छन ।कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सुरक्षा निकायमा प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि, लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close