अर्घाखाँचीमा एकै दिन ३८ जना कोरोना मुक्त,थप २७ जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा २७ जना,शितगंगा नगरपालिकामा ९ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ३८ जना कोरोना मुक्त भएका हुन ।यस्तै पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १७जना,भुमिकास्थान नगरपालिकामा २ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ७ जना गरि २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो सहित सक्रिय कोरोना संक्रमितको संख्या २ सय १६ पुगेको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ९८ जना,भुमिकास्थान नगरपालिकामा १९ जना,शितगंगा नगरपालिकामा ५१ जना,मालारानी गाउँपालिकामा ८ जना,पाणिनी गाउँपालिकामा ३५ जना र छत्रदेव गाउँपालिकामा ५ जना गरि २ सय १६ जना सक्रिय संक्रमित रहेका छन ।
कमेन्ट गर्नुहोस !