अर्घाखाँचीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १० जना,शितगंगा नगरपालिकामा १० जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ४ जना गरि २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो सहित जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ७३ जना,भुमिकास्थान नगरपालिकामा १० जना,शितगंगा नगरपालिकामा ३६ जना,मालारानी गाउँपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा २१ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि १सय ४४ जना संक्रमित उपचाररत रहेका छन ।
कमेन्ट गर्नुहोस !