अर्घाखाँचीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ८ जना र भुमिकास्थान नगरपालिकामा ३ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो सहित जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिमा ५० जना,भुमिकास्थान नगरपालिमा ८ जना,शितगंगा नगरपालिकामा १३ जना,मालारानी गाउँपालिकामा १५ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ८९ जना हाल उपचाररत रहेका छन ।
कमेन्ट गर्नुहोस !