छोरीसँग बिहे गर्न आएका ज्वाइँ सँगै आफूलाई मन परेपछि आमाले गरिन् हडताल

काठमाडौं। एउटी युवती बेहुली बन्नुभन्दा ठिक अघि त्यतिबेला चकित परिन् जब उनलाई थाहा भयो कि उनकी आमाले पनि उनले बिहे गर्न लागेका युवकसँग प्रेम गर्छिन् । युवतीकी आमाले यही कारण छोरीको बिहेमा सहभागी हुन पनि अस्वीकार गरिन् ।

डेलीमेलका अनुसार आफ्नो पहिचान नखुलाइ अस्ट्रेलियाकी एक युवतीले सामाजिक संजालमा आफ्नो दुःख पोखेकी छिन् । युवतीका अनुसार उनको संसार त्यतिबेला तहसनहस भयो जब उनले आफ्नी आमासँग आफ्नो बिहेमा सहभागी नहुनुको कारण सोधिन् ।

युवतीका अनुसार उनकी आमाले उनलाई आफूले पनि त्यही युवकलाई मन पराउने बताइन् जोसँग छोरीले बिहे गर्न लागेकी थिइन् । युवतीका अनुसार उनकी आमाले स्वीकार गरिन् कि उनी आफ्ना हुनेवाला ज्वाइँसँग प्रेम गर्न लागेकी थिइन् । युवतीका अनुसार यो सबै थाहा पाएपछि उनको जीवन बर्बाद भयो ।

युवतीका अनुसार उनकी आमाले उनीसँग यदि छोरीको तिनै युवकसँग बिहे हुने अवस्थामा पनि आफू आफ्नो इच्छाअनुसार चल्ने र छोरीको बिहेमा सहभागी नहुने बताइन् । यो खुलासापछि सामाजिक संजालमा धेरैजसो युजरहरु युवतीकी आमाको विरुद्ध भएका छन् । उनीहरुले आमाको व्यवहार गलत भएको बताउँदै उनले कुनै विशेषज्ञसँग उपचार गराउनुपर्ने बताए ।

युवतीका अनुसार उनका प्रेमीसँग उनी २ वर्ष पहिले भेटेकी थिइन् । युवतीका अनुसार उनीहरुबीच प्रिय सम्बन्ध छ र उनी योभन्दा राम्रो साथीको अपेक्षा गर्न सक्दिनन् । युवतीका अनुसार उनी प्रेमी र परिवारका निकट आफन्तसँग पैदल यात्रा र क्याम्पिङमा जान्थिन् । उनका प्रेमी कहिलेकाहीँ उनकी आमासँग टेनिस खेल्थे यही क्रममा उनकी आमाले उनलाई मन पराउन लागेकी थिइन् ।dcnepal

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close