आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदै

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा विश्वकप आयोजना हुन लागेको हो ।खेल उद्घाटनको दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close