अर्घाखाँचीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकामा १ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ९६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै ४ हजार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन ।अब सक्रिय कोरोना संक्रमितको संख्या ६६ रहेको छ । सन्धिखर्क नगरपालिकामा २६ जना,भुमिकास्थान नगरपालिकामा ११,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा १९ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८१ रहेको छ ।
कमेन्ट गर्नुहोस !