नवलपुरको गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

नवलपरासी ।नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।दुर्घटनामा २४ जना घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा परि दुई जना महिला र एक पुरुषको मृत्यु भएको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ ।आज बिहान ४ बजे नवलपुरको गैँडाकोट स्मृति पुल नजिक काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । दुर्घटनामा गम्भीर घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close