सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

काठमाण्डौं ।नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका संशोधन भएको छ ।१४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएको हो ।जसअनुसार अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाहरुमा आगामी असोज ५ गते हुनेछ। गाउँ नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुनेछ ।प्रदेश अधिवेशन आगामी कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा हुनेछ।

प्रदेश र केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अरु तहका अधिवेशनको मिति परिमार्जन गरिएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार संशोधित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close