बुबाको मुख हेर्ने दिन ,कुशे औँसी पर्व आज

काठमाडौं ।भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी आज घर–घरमा कुश भित्र्याएर मनाइँदै छ ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अर्के तर्फ आजका दिन बुबाको मुख हेर्ने गरिन्छ । बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन छ । बुबा नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन् ।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।नुहाउँदा‚ जप गर्दा, दान गर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वकासाथ हेर्दछन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close