अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा

त्यस्तै, आइतबार नै तालिबानले ट्वीटरमार्फत ताखार प्रान्तको राजधानी तालोकानलाई पनि नियन्त्रणमा लिएको जानकारी लिएको छ । स्थानीय जबिहुल्लाह हामिदीले एएफपीसँग कुरा गर्दै उनले सुरक्षाकर्मी र अधिकारीहरूले लामबद्ध भएर सहर छाडेको देखेको बताएका छन् । ‘सरकारले थप सहयोग पठाउन नसकेपछि हामी आइतबार अपरान्ह सहर छाडेर हिँडेका छौँ,’ एक सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिए, ‘दुर्भाग्यवस सबै सहर तालिबानको नियन्त्रणमा छ ।’
यसअघि तालिबानले निमरुज र जवजानलाई नियन्त्रण लिएको थियो ।
कमेन्ट गर्नुहोस !