टोपबहादुर रायमाझी माओवादीमै रहेको दाबी,एमालेमा प्रवेश गरेको छैन

काठमाण्डौं ।पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले आफू एमालेमा नगएको र अझै माओवादीमै रहेको बताउनुभएको छ ।आज सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गर्नुभएको हो ।
दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताउनुभएको छ । उहाँ सँगै लेखराज भट्ट, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिनुभएको हो ।
कमेन्ट गर्नुहोस !