महिलालाई सन्धिखर्कमा क्षमता अभिबृद्दी कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा स्थानिय बिकासका कार्यक्रमहरुमा महिला सहभागिता सम्बन्धी क्षमता अभिबृद्दी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तर्फबाट लुम्बिनी प्रदेशका संसदिय दलका सचेतक निर्मला क्षेत्रीले क्षमता, ज्ञान, खुबी र योगदानका कारण स्थानीय विकास निर्माण महिला सहभागीता भएता पनि अझै पनि आफ्नो अधिकारी प्राप्तको लागि पुर्ण रुपमा पुरुष बाट सहयोग हुन । नसकेको सचेतक क्षेत्रीले बताउँनु भयो ।यस्तो अवस्थामा कुनै पनि समस्या आएमा आफुले त्यसको साथ सहयोग गर्न तयार रहेको बताउँनुभएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात देशभरका ७ सय ५३ स्थानीय तहमा १४ हजार ३ सय ५६ महिला जनप्रतिनिधि निर्वाचित भएको नेपालकै ईतिहासमा पहिलो पटक महिलाहरु नेतृत्वमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले बताउँनुभयो ।

यस्तै नेपाली कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान )ले अझै पनी ग्रामीण भेगका महिला दिदी बहिनीहरु चुलो चौकोमा सिमित रहेकाहरु पनि स्थानीय क्षेत्रमा भैरहेका विकास निर्माणका काम वडा देखि पालिका सम्मका हरेक गतिविधिको जानकारी प्राप्तको लागि लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक ,कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी,बाबुराम पौड्ेल लगायतले मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तह बाट सहभागीता जनाएका महिला लाई क्षमता अभिबृद्वि सम्बन्धी तालिम दिएको थियो ।कार्यक्रम सन्धिखर्क नगरपालिकाको विशेष सहयोग र नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close