जातीय विभेद गर्नु समाजको लागि मान्य छैनः ईन्चार्ज खड्का

अर्घाखाँची ।पछिल्लो समय जातका आधारमा विभेद गर्नु भनेको कानुन भन्दा बाहिर गएर दबिएको बर्ग लाई झन दबाउन खोजिनु कानुन अनुसार मान्य नहुने अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज नवीन खड्काले बताउनुभयो ।काठमाडौंमा कोठा खोज्ने क्रममा दलित समुदायकी युवती रुपा सुनारमाथि गरिएको सामाजिक विभेद झल्कने दुव्यवहारको घटना गम्भीर सामाजिक अपराध भएको भन्दै यसको विरुद्ध आफनो संगठनले विरोध प्रर्दशन गरेको विभेदमा परेकी युवतीले प्रहरीमा जाहेरी दिएपछि दोषीलाई कारबाही गर्नुको साटो प्रहरी अनुसन्धानमा रहेकी घरबेटी सरस्वती प्रधानलाई सत्ताका बहालवाला शिक्षामन्त्रीको प्रत्यक्ष निर्देशनमा छोड्नु खेदजनक भएको नेता खड्काले बताउदै खड्काले सत्ता र शक्तिको दुरुपयोग गर्ने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामासमेत मागेका छन्।

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटिंको मातृ संंगठन अखिल (क्रान्तिकारी) अघांखाँचीले मानवता विरोधी जातीय विभेदका विरुद्ध आज सदरमुकाम सन्धिर्खकंमा बिरोध प्रदंशन गरेको हो । सरकारले विभिन्न कानुन ल्याएपनि ति कानुन भन्दा बाहिर गएर विवेद गर्नु मान्य नहुने बताईएको छ ।कार्यक्रममा अखिल त्रान्तिकारीले जनताको भावना अनुसार काम गर्न नसक्ने शिक्षा मन्त्री राजिनामा दे ससदिय व्यवस्था खारेज गरौ बैज्ञानिक व्यवस्था स्थापना गरौ लगायतका नाराहरू सहित प्लेकार्ड प्रर्दशन गरेका थिए।
कार्यक्रम अखिल क्रान्तिकारी जिल्ला सचिव गिरिजा खड्काको अध्यक्षता उपाध्यक्ष पदम नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close