एमाले रोजेका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा माओवादीको पत्र

काठमाण्डौं ।नेकपा माओवादी केन्द्रले दल त्याग गरेर नेकपा विभाजनपछि एमाले रोजेका पालिकाका जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा पत्र बुझाएको छ । जसमध्ये १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको हो।
आज बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारबाहीको पत्र बुझाएको छ । माओवादी केन्द्रले यसअघि पनि निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको भए पनि आयोगले केन्द्रीय कमिटीकाे बैठकले कारबाहीको निर्णय नभएको भन्दै पार्टी परित्याग गरेको सूचना जारी गरेको थिएन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close