अर्घाखाँचीको खोप काण्ड स्वास्थ्य कार्यालयको विना जानकारी खोप लगाउन बोलाइयो

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा खोप लगाउने समयमा राजनितिक चहलखेल भएको छ ।सरकारले ६२ देखी ६४ वर्ष उमेर समुहलाई भेरोसेल नामक खोप लगाउन निर्देशन दिएपनी लक्षित समुह भन्दा बाहिरका व्यक्तीलाई खोप दिईएको भन्दै बिहीबार स्वास्थ्य कार्यालय अर्घाखाँचीमा करिव ३ घण्टा तनावग्रस्त बनेको थियो ।
एमालेको ओली पक्षले आफ्ना मान्छे लाइ मात्र खबर गरेर १५ वर्ष भन्दा बढी उमेर समुहका खोप दिएको भन्दै कांग्रेसको निकट दरुण दल ,एमालेको माधव नेपाल पक्षकाले विरोध गरेका थिए । यता ६२ देखी ६४ वर्ष उमेर समुहले लाइनमा बसेर खोप नपाएर घर फर्किएका बताए ।तर पहुँचको आधारमा युवा समुह लाइ खोप दिएको उनीहरुको आरोप छ ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकका अनुसार प्रदेश सरकार बाट आएको कोभिशील्ड खोप पहिलो डोज लगाएका व्यक्ती लाइ दोस्रो डोज लगाउन आएको खोप हो।
कार्यालयकोे विना सुचना मान्छे लाइनमा आउँदा आफु पनि यि मान्छे लाइ कसले सुचना गरेको भन्नेमा जानकार नभएको सुचना अधिकारी विकले बताउनुभयो । ३ सय भन्दा बढीले सोहि खोप लगाएका छन ।
प्रदेश सरकारले पठाएको खोपको म्याद थेरै भएकाले छिटो लगाउन आग्रह गरेको समेत बताइएको छ । यस विषयमा अधिकांमश युवाले सत्य तथ्य बाहिर ल्याउन आग्रह समेत गरेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close