अर्घाखाँचीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १० जना ,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ७ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा १ जना र छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्ला मा कुल कोरोना संक्रमितको संख्या २१ सय २० पुगेको छ ।हाल सम्म १३ सय७३ जना कोरोना भाइरस निको भएर डिस्चार्ज भएका छन भने अब जिल्लाभर ३ सय ९२ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट जिल्लाको पाणिनी गाउँपालिकामा १ जनाको मृत्यु भएको छ। यो सँगै हाल सम्म कोरोना बाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close