रेडक्रस सोसाइटी अर्घाखाँची शाखाद्धारा स्वास्थ्य सामाग्री प्रदान

कमला पोख्रेल /अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सभापति शम्भु पोख्रेलले पिपिइ सेट ६० सेट, सर्जिकल मास्क ५ हजार थान र डेथ बोडी ब्याग १० वटा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।कोरोनाको दोस्रो लहर चलिसकेपछि नेपाल प्रहरीलाई २ हजार पिस, नेपाल आर्मीलाई १ हजार पिस र शसस्त्र प्रहरीलाई १ हजार पिस मास्क यस अघिनै हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसालले बताउनु भयो ।

रेडक्रसले प्रदान गरेका स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत आबश्यक स्थानमा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।रेडक्रसले अर्घाखाँची मात्र नभएर लुम्विनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य सामाग्रीहरु प्रदान गरिरहेको रेडक्रसका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेशका सभापति शम्भु पोख्रेलले बताउनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close