युवा व्यवसायी घिमिरेद्वारा विपन्न परिवारलाई राहत प्रदान

अर्घाखाँची ।नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा अर्घाखाँचीका सचिव तथा युवा व्यवसायी उमेश घिमिरेले निषेधाज्ञा कारण रोजिरोटी गुमाएका र दैनिकी चलाउन गाह्रो भएका विपन्न परिवार लाई राहत प्रदान गर्नुभएको छ ।जसमा १० घर परिवारको लागि दैनिकी चलाउनको लागि चामल,नुन,तेल,दाल लगायतका खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
घिमिरले यो विपतको समयमा सहयोग गर्न पाउदा आफु निकै खुशी भएको बताउनुभयो ।घिमिरे रेडियो देउराली १०१ मेगाहर्जको सचिव पनि हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !