अर्घाखाँचीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएका छ। जसमध्ये सन्धिखर्क नगरपालिकामा १२ जना,भुमिकास्थान नगरपालिकामा २१ जना,शितगंगा नगरपालिकामा ३ जना,र मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १८ सय ७७ पुगेको छ । यस्तै गएको २४ घण्टामा जिल्ला बाट एकै दिन ४४ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या १ हजार ७५ पुगेको छ । अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ७ सय ५४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको मालारानी गाउँपालिकाका ६२ वर्षिय पुरुष र सन्धिखर्क नगरपालिकामा पनि १ जनाको मृत्यु भएको छ ।
यो संगै जिल्लामा हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ४८ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !