ऊर्जा मन्त्रीद्वारा अर्घाखाँची अस्पताललाई १८अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री प्रदान

सागर महत /अर्घाखाँची । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीमा स्वास्थ्य सामग्री पठाउनुभएको छ ।रायमाझी पठाएको १८ थान अक्सिजन सिलिन्डर, ५ थान अक्सिजन कन्सनट्रेटर, १८ सय थान कोभिड परीक्षणमा प्रयोग हुने भीटीएम, ४ सय थान एटिन्जेन किट जिल्ला अस्पतालका प्रमुख कपिल गौतम लाई हस्तान्तरण गरिएको हो ।

यस्तै, २७ सय थान सर्जिकल माक्स, १५ लिटर सेनिटाइजर, ७ थान अक्सिमिटर, २० थान डिजिटल थर्ममिटर र १ सय ९० थान पीपीई पनि अस्पताललाई प्रदान गरिएको अस्पतालका प्रमुख गौतमले जानकारी दिनुभयो ।ऊर्जा मन्त्रीद्वारा अर्घाखाँची अस्पताललाई १८ अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री प्रदानस्वास्थ्य सामग्री हस्तान्तरणमा निवर्तमान राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका जिल्ला इन्चार्ज चन्द्र बहादुर खडका ‘उज्ज्वल’, प्रमुख जिल्ला अधिकारी विष्णु पौडल लगायतको सहभागी थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close