रसुवामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब। दुई सय मिटर तल खस्न जाँदा दुर्घटना भएको बताइएको छ।गएराति करिब एक बजे भएको दुर्घटना मा मृत्यु हुनेमा कालिका गाँउपालिका वडा नम्बर १ का राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाइ सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले जानकारी दिनुभयो । टिपरमा अन्य एक जना पनि सवार रहेकोमा उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close