आकाश एकाएक धुम्म, घातक प्रदूषणको घन्टी काठमाडौंमा

काठमाडौं ।उपत्यकामा वायु प्रदूषणको मात्राले खतराको स्तर पार गरेको छ । आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३२८ देखि ४४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको छ ।शुक्रबार दिउँसो २ बजेदेखि एकाएक आकाश धुम्म हुन थालेसँगै भैँसेपाटीमा घातक, भक्तपुर, रत्नपार्कमा रहेका प्रदूषण मापन केन्द्रमा हावाको अवस्था अतिअस्वस्थकर देखाएको छ ।
अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३२८ देखि ४४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको छ ।तर, सरकारी निकायले यसबारे नागरिकलाई औपचारिक जानकारी दिएका छैनन् । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले सुक्खा मौसम र डढेलोका कारण वायु प्रदूषण बढेको हुन सक्ने बताए । पर्सिसम्म प्रदूषणको मात्रा नघटेमा अलर्ट जारी गरिने उहाँले उल्लेख गर्नुभयो ।
कमेन्ट गर्नुहोस !