म्यानमारमा सेनाले घरमा छिरेर पिताको काखमा बसिरहेकी ७ वर्षकी बालिकालाई गोली हान्यो

म्यानमारमा सैन्यू कूविरुद्ध चलिरहेको प्रदर्शनको दमनमा लागेको सेनाले अर्को एउटा क्रुर कारवाही गरेको छ । मांडले शहरमा सेनाले पिताको काखमा बसेकी ७ वर्षकी बालिकालाई गोली हानेको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा खिन मायो चित सबैभन्दा कम उमेरकी पीडित हुन् ।मृतकका छिमेकी सुमायाले भनिन्, ‘प्रहरीले मंगलबार प्रदर्शनकारीको खोजी गरिरहेका थिए । केही प्रहरी आए र लात हानेर खिनको घरको ढोका ढक्ढकाउन थाले । खिनकी दिदीले ढोका खोलेपछि जवान घरमा छिरे । सोध्न थाले, ‘पापाबाहेक घरमा को छन् ?’’दिदीले भनिन्, ‘कोही छैन ।

प्रहरीले उनको कुरा झुटो बताएर कुटे । यो देखेर अगाडि उभिएकी खिन डराएर घरमा भएका पिताको काखमा बसिन् । तब पछाडिबाट आएका प्रहरीले पितामाथि गोली बर्साउन सुरु गरे, त्यहि क्रममा बालिकामाथि गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भयो । ’सेभ द चिल्डे«नका अनुसार म्यानमारमा हालसम्म सेनाको गोलीबारीमा २० बालबालिकाको ज्यान गइसकेको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close