सन्धिखर्कको २ दिने आबधिक योजना कार्यशाला

प्रेमनारायण आचार्य/अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको आबधिक योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी नरपानीमा सम्पन्न भएको छ ।५ बर्षे कार्य योजना निर्माण गर्दै कृषि , पशुपालन, पर्यटन, सडक निर्माण तथा स्वच्छ बजार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आबधिक योजना बनाउने विषयमा कार्यशालामा ब्यापक रुपमा छलफल भएको थियो ।सन्धिखर्क नगरपालिकाको आयोजना र ट्रेड एण्ड नेपाल इन्जिनीयरिंग प्रालीको सहयोगमा सम्पन्न भएको कार्यशालामा नगरपालिकाको कार्यपालिकाका सदस्य, विषयगत समितिका सदस्यहरु , नगर भित्रका राजनितिक दल, सञ्चारकर्मि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
May be an image of 4 people, people sitting and people standing
कार्यशालामा भौतिक पुर्वाधार विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद ब्यबस्थापन समिति र आर्थिक विकास समिति गरी ४ वटा समितिहरुले ५ बर्ष सम्म नगरपालिकामा गर्ने योजनाहरु प्रस्तुत गरेको ट्रेड एण्ड नेपाल इन्जिनीयरिंग प्रालीका निर्देशक उदय भट्टराईले बताउनु भयो ।नगरपालिका भित्र प्रचुर सम्भावना बोकेको कृषि, पशुपालन, पर्यटन, सडक निर्माण लगायत समृद्ध सन्धिखर्क निर्माण गर्ने गरी आबधिक योजनामा छलफल भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
May be an image of 2 people, people standing and indoor
योजना विज्ञ बुद्धिमान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विक, जिल्ला समन्वय अधिकारी लक्ष्मी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेकपाका श्रीकृष्ण भुसाल, नेपाली कांग्रेसका नगर सभापति विनोद आचार्य, नेकपाका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझि , लिलाराम गौतम, कृष्ण प्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्ण बहादुर आचार्य, प्रितम थापा, देववहादुर थापा, लक्ष्मीनारायण चुँदाली, ध्रुब आचार्य, नारायण खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम शाखा अधिकृत मञ्जु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
May be an image of 2 people and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close