भ्रष्टाचारबाट खोक्रो हुदाँसम्म तालि बजाउँदा देश समृद्धी हुन सकेनः रविन्द्र मिश्र

सागर महत / अर्घाखाँची ।
मुल राजनितिक पार्टीहरु जबसम्म हरेक क्षेत्रमा राजनितिक अत्य गर्न सक्दैन तबसम्म देश समृद्धीको यात्रामा नजाने विवेकशिल साझा पार्टीका केन्द्रिय अध्यक्ष रविन्द्र मिश्रले बताउनुभएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता मिश्रले यस्तो बताउनुभएको छ ।

सार्बजनिक भएका भ्रष्टाचार काण्ड र ति काण्डहरुले देश लाई खोक्रो बनाउँदा सम्म विभिन्न आकर्षित नारा बनाएर जनताको मानसिकतासंग खेलवाड भईरहेको समयमा नागरिकले पुरानो मानसिकता त्याग्न नसकेको र त्यसको विरोध जनाउने समयमा तालि बजाउँदा आज नेपाली राजनितिक क्षेत्र फोहोरी खेलमा प्रवेश गरेको मिश्रको भनाइ छ । अर्केतर्फ अन्यदलहरुले समाजवादको नारा दिईरहेको उल्लेख गर्दै उहाँले आफुहरु स्वास्थ्यवाद, शिक्षावाद, शुसासनवाद र जनतावादमा विश्वास गर्ने पार्टी भएको उहाँको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close