नेपालमा१ सय११ औ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै

काठमाण्डौं ।सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज १ सय११ औ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।लामो समयदेखि महिलाहरुले संघर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ ।महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् ।नेपाली समाजको विकास जुन ढंगले हुनुपर्ने हो त्यो हुन सकेको छैन । समाज परिवर्तनका लागि भइरहेका आन्दोलनमा नयाँ पुस्ता बढी प्रभावित छन् । परिवर्तित समाजसँगै बढिरहेको असुरक्षाबीच केही युवा पुस्ताले विभिन्न चुनौतीबीच आफूलाई अब्बल प्रमाणित गरेका छन् ।

महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको १०५ वर्ष पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close