दुई तिहाइसाथ फेरि सिंहदरबार फर्कन्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति सर्वोच्च अदालतको फैसला मूल्याकंनको परिणामका आधारमा अघि बढ्ने बताउनु भएको छ ।

उहाँले प्रधानमन्त्री पदबाट हटाएर देखाउन चुनौती दिनुभयो । गृहजिल्ला झापाको बिर्तामोडमा मंगलबार दुर्गा प्रसाइँले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा ओलीले अदालतको निर्णय कार्यान्वयन गर्ने बताउनुभयो ।

ओलीले २३ गतेका लागि आह्वान गरेको प्रतिनिधिसभा अधिवेशन राम्ररी चलाएर अघि बढ्ने प्रयास हुने बताउनुभयो ।

उहाँले आफू राजनीति गर्ने मान्छे भएको उल्लेख गर्दै कुनै कुरा माग गर्दै अदालतमा मुद्दा हाल्न जाने बानी नभएको बताउनुभयो । निवेदन हाल्नुपर्ने नेपाली जनताकाबीचमा आउने उहाँको भनाइ थियो ।

उहाँले आउँदो चुनावमा दुई तिहाइकासाथ सिंहदरबार फर्कने बताउनुभयो ।

‘डेढरदुई वर्ष पछि त चुनाव आइसक्छ । दुई तिहाइका साथ फेरि सिंहदरबार फर्कन्छु । किनभने यो देशलाई बनाउनुपर्छ बिगार्नु हुँदैन, उहाँले भन्नुभयो ।’

उहाँले अरुलाई भन्दा नेपाली जनतालाई कम्फर्टेबल हुने सरकार बनाउने दावी गर्नुभयो । कान्तिपुर बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close