सन्धिखर्कमा देउसी–भैलो नाच सम्पन्न

सन्धिखर्क,कार्तिक १६ ।हरिबोधिनी एकादशीको अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा देउसी–भैलो नाच नाचिएको छ ।यहाँ देउसी–भैलो नाच नाच्नको लागि जिल्लाका ६ वटै पालिका,छिमेकी जिल्ला प्युठान,कपिलबस्तु र दाङ सम्मबाट देउसी–भैलो नाच्न आउने गर्दछन ।
परम्परागत देउसी–भैलो नाच र आधुनिक नाच नाच्ने हुँदा दर्शकले पनि आफुहरुले रुचाउने भैलो नाच हेर्ने गर्दछन ।
तिहारमा नाचिने देउसी–भैलो एकादशीमा नाचेपनि स्थानीय युवायुवती, बालबालिका र समुदायका बृद्धबृद्धाको सक्रिय सहभागिताले सन्धिखर्कमा शहरमा उत्सवमय वातावरण शनिबार सिर्जना गरेको छ ।यस्तै सन्धिखर्कको त्रिवेणीधाममा व्यापारीहरुले स्टल समेत राखेका थिए ।




कमेन्ट गर्नुहोस !