अर्घाखाँची रातीमा देउसी —भैलो खेल्न नपाइने

सागर महत,असोज ३०अर्घाखाँची ।
अर्घाखाँचीमा रातीमा देउसी —भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राती ९ बजेपछि देउसी भैलो कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ।
देउसी— भैलो,नाचगान जस्ता कार्यक्रमहरु गर्दा सार्वजनिक यातयात र जन जीवनलाई असर गर्ने गरी कार्य नगर्न समेत अनुरोध गरेको छ ।
तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालयले जानकारी दिनुभयो ।
बजारमा उपभोग्य तथा अन्य सामग्रीहरुको कृत्रिम अभाव सृर्जना गर्ने,अस्वाभाविक मृल्य वृद्वि तथा कालो बजारी जस्ता गैर कानुन कार्य नगर्न आग्रह गरिएको छ ।जुवातास, लंगुरबुर्जा कौडा खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ ।यस्तै नियमविपरीत कार्य गरेमा कानुन अनुसार कारबाही गरी जनाएको हो ।
यस्तै मादक पदार्थ सेवन गरि सार्वजनिक स्थलहरूमा हो–हल्ला र झैं–झगडा नगर्न समेत आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस !